शनिबार, वैशाख ८, २०८१

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर गर्ने सहमति

मेरोन्यूज २०७९ असार २ गते १०:४९

काठमाडौं। नेपालका क वर्गका दुई बैकले मर्जरमा जाने सहमति गरेका छन् । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) एक आपसमा गाभिन (मर्जर गर्न) सहमति जनाएका हुन् ।

होटल याक एण्ड यतीमा विहिवार विहान एक कार्यक्रमका वीच यी दुई बैंकका वीचमा मर्जर सम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको बताइएको छ । मर्जरपछि नयाँ बैंकको नाम ग्लोबल आईएमई बीओके बैंक हुने छ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबल आईएमईका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको छ ।

मर्जरसँगै बैंकको मर्जरपछि बैंकको कूल पूँजी रु. ५२.२९ अर्ब, चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ।

सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।

प्रतिक्रिया