आइतबार, जेठ ६, २०८१

नर्भिकले विराटनगरमा आइभिएफ सेन्टर सञ्चालन गर्ने

मेरोन्यूज २०७९ जेठ ३० गते १८:०१

काठमाडौँ । नर्भिक अस्पतालको अन्तर्राष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौँबाहिर विस्तार गर्ने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा विस्तार गर्ने भएको हो ।

Advertisement

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ । विराटनगरको शनिहाट क्षेत्रमा सुविधा सम्पन्न नर्भिक आइभिएफ सञ्चालन हुनेछ ।

नर्भिकले थापाथलीमा ०७८ को असार तेश्रो साताबाट अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको थियो । नर्भिकको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको स्तरीय सेवालाई सेवाग्राहीले मन पराएका छन् । सेवाग्राहीको मागअनुसार काठमाडौँमा सीमित यो सेवालाई अन्यत्र पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए ।

हाल काठमाडौँमा रहेको आइभिएफ टिमले विराटनगरमा सेवा दिने छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी हाल थापाथलीमा विश्व स्तरीय सेवा दिइने गरिएको र सोही स्तरको सेवा विराटनगरमा पनि उपलब्ध हुने छ ।

देशका अन्य आइभिएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याबसमेत रहेको छ ।

प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसले भविष्यमा जन्मिने बच्चामा हुन सक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ ।

प्रतिक्रिया