शुक्रबार, जेठ ४, २०८१

गायिका इन्दिरा जोशीले जेठ ३१ मा विवाह गर्ने

मेरोन्यूज २०७९ जेठ ३० गते १७:४६

काठमाडौं । गायिका इन्दिरा जोशीले बिहे गर्ने भएकी छन् । उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते विवाह गर्न लागेकी हुन् । गायिका जोशीले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र सार्वजनिक गर्दै विवाह गर्न लागेको जानकारी दिएकी हुन् ।

Advertisement

‘भगवानको कृपा र परिवारको आशीर्वादले हामीले विवाह गर्ने निर्णय गरेका छौं । यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा आनन्द महसुस गरेको छु । यस्तै प्रेम र आशीवार्द वर्षभरि दिनुहोला। यो सम्बन्ध सधैं सुन्दर रहनेछ,’ इन्दिराले सामाजिक सञ्जालमा राखेको बिहेको कार्डमा उल्लेख छ ।

करिब दुई वर्षदेखि सम्बन्धमा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरदले इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन्।

प्रतिक्रिया