शुक्रबार, जेठ ४, २०८१

माधव नेपालले भने : नेपालमा विदेशी सेना रहेको सुनेँ

मेरोन्यूज २०७९ जेठ ३० गते १७:३६

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले कुनै पनि देशको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन् ।

Advertisement

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जिज्ञास राख्दै परराष्ट्र नीतिको ख्याल गर्न सरकारलाई सुझाव दिए ।

प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे संसद र नागरिकलाई जानकारी दिनु पर्ने भन्दै अध्यक्ष नेपालले यसको तयारीबारे जिज्ञासा राखे ।

पहिलोपटक आफूले नेपालमा विदेशी सेना रहेको सुनेको जानकारी दिँदै उनले यसबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

‘समितिमा धेरै कुराहरू उठेका छन्, विदेशी सेना नेपालमा छन् भन्ने पनि भर्खरै पहिलोचोटि सुनेँ,’ बैठकमा उनले भने, ‘त्यो हो भने गम्भीर कुरा हो, कहाँ छन् ? कुन कुन देशका छन् ?’

प्रतिक्रिया