शुक्रबार, जेठ ४, २०८१

आईजीपी नियुक्ति विवादको मुद्दा ‘हेर्दाहेर्दै’मा

मेरोन्यूज २०७९ जेठ ३० गते १६:४६

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा सोमबार ‘हेर्दाहर्दै’मा राखिएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको यो मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

Advertisement

रिट निवेदनक एआईजीपी विश्वराज पोखरेलको पक्षका अधिवक्ताले मंगलबार खाजा समयअघिसम्म बहसका लागि समय मागेका छन् । सर्वोच्च बारका अध्यक्षसमेत रहेका अधिवक्ता पूर्णमान शाक्यले भोलि खाजा समयसम्ममा बहस सक्ने इजलासमा बताएका छन् ।

सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । एआईजी पोखरेलले प्रहरी नियमावली मिचेर सरकारले आईजीपी नियुक्ति गरेको भन्दै रिट दायर गरेका थिए ।

रिटको सुनुवाइका लागि यसअघि जेठ १७ गतेको इजलासले सोमबारका लागि पेशी तोकेको थियो । गोलाप्रथाबाट पेशी तोक्दा कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा परेको थियो ।

जेठ १७ मै अन्तिम सुनुवाइको मिति तोकिए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन । त्यतिबेला न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र चुँडालको इजलासमा परेको थियो ।

प्रतिक्रिया