आइतबार, जेठ ६, २०८१

बिजुली तारमा हिँड्ने माइलालाई उपचार गर्ने संस्थाको जिम्मा लगाइयो

मेरोन्यूज २०७९ जेठ २९ गते १९:११

काठमाडौं । ककनीको त्रिशूली ‘थ्रि ए’को प्रसारण लाइनमा हिँडेका माइला वि.क.लाई काठमाडौँमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ ।

Advertisement

नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घलेगाउँ घर भएका वि.क.लाई काठमाडौँको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौँ भनेपछि जिम्मा लगाइएको हो ।

ककनी गाउँपालिका ७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार उनी ८ घण्टासम्म हिँडेका थिए । उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको थियो ।

प्रतिक्रिया