आइतबार, जेठ ६, २०८१

जिसस रोल्पामा माओवादीको प्यानल विजयी

मेरोन्यूज २०७९ जेठ २९ गते १८:२४

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) रोल्पामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएकी छन् । जिससको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भएका छन् ।

Advertisement

जिससको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भएका छन् । दलितबाट अल्पसंख्यक सदस्यमा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छन् ।

महिला सदस्यमा सोही पार्टीका जितकुमारी वि.क., मिना सुनार र शर्मिला पुनमगर निर्वाचित भएका छन् । बिस मतदाता रहेको रोल्पामा माओवादी केन्द्रको १४, नेपाली कांग्रेसको पाँच र नेकपा एमालेको एक मतदाता रहेको छ ।

उपप्रमुखबाहेक सबै पद निर्विरोध भएको हो । उपप्रमुखमा नेपाली कांग्रेसका टेकबहादुर बस्नेतले उम्मेदवारी दिएका थिए । उपप्रमुखमा माओवादी केन्द्रका कर्मलाल परियारले १३ मत र कांग्रेसका टेकबहादुर बस्नेतले ५ मत प्राप्त गरेका थिए ।

एक मत बदर भएको थियो भने एमालेले मतदानमा सहभागिता जनाएन् ।

प्रतिक्रिया