आइतबार, जेठ ६, २०८१

निको हुनेभन्दा कोरोना संक्रमित धेरै

मेरोन्यूज २०७९ जेठ २९ गते १७:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

पीसीआरबाट ११ र एन्टिजेनबाट ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०६ जना रहेको छ ।

प्रतिक्रिया