आइतबार, जेठ ६, २०८१

चार जना मृत अवस्थामा फेला

मेरोन्यूज २०७९ जेठ २९ गते १७:४७

काठमाडौं । भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

भक्तपुरको मध्यपुरथिमी नगरपालिका ८ बोडेस्थित निर्माणाधीन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका ६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका २ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देहीको बुटवल उपमहानगर ४ स्वर्गद्वारीपथ डेरा गरी बस्ने कास्की घर भएका ४१ वर्षीय आइते दमाई आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका १ सिमटार बस्ने ६० वर्षीय काले कामी सोही ठाउँस्थित कोही नबस्ने कच्ची घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया