आइतबार, जेठ ६, २०८१

चुरोटको निहुँमा आफ्नै भाइको हत्या

मेरोन्यूज २०७९ जेठ २९ गते १७:४२

काठमाडाँै । भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका ४ कौवा खोज बस्ने ३० वर्षीय देवराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ ।

Advertisement

उनले चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको हत्या गरेको प्रहरीले जनाएको छ ।

देवराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया