आइतबार, जेठ ६, २०८१

भक्तपुरमा पुरुषको शव फेला

मेरोन्यूज २०७९ जेठ २९ गते १४:३५

काठमाडौँ । भक्तपुरको मध्‍यपुर थिमी नगरपालिका ८ बोडेमा एक पुरुषको शव फेला परेको छ । बोडेको लर्डबुद्ध स्कुलअगाडि निर्माणाधीन टहरामा शव फेला परेको हो ।

Advertisement

थिमी नगरपालिका ८ बस्‍ने ५१ वर्षीय कल्‍याण साहु मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । साहुको हत्‍या भएको आशंकामा केही व्‍यक्तिलाई पक्राउ गरिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।

प्रतिक्रिया