आइतबार, जेठ ६, २०८१

सार्वजनिक शौचालय रेस्टुरेन्टमा लागु हुने करछुट बैंकलाई लागु हुँदैन : बालेन

मेरोन्यूज २०७९ जेठ २९ गते १४:१२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शौचालय सार्वजनिक प्रयोजनमा दिने बैंकलाई करछुट नहुने बताएका छन् ।

Advertisement

आज बसेको कार्यपालिका बैठकमा उनले रेस्टुरेन्टमा हुने करछुट बैंकलाई नहुने बताएका हुन् । ‘हामीले कुनै पनि संस्थाहरूलाई कर लगाएका होइनौँ ।

‘रेस्टुरेन्ट र बैँकहरूले हामी सेवा दिन चाहन्छौँ भनेर सम्झौता गर्न आउनुभएको हो,’उनले भने,‘सरसफाई सामग्री हरेक चार–चार महिनामा दिने भन्नेछ ।’ स्मार्ट शौचालयअन्तर्गत १० वटा शौचालयको लागि टेन्डर आह्वान गर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया