शुक्रबार, वैशाख ७, २०८१

मेष राशिलाई आज व्यापार व्यवसायबाट लाभ, तपाईको राशिफल कस्तो ?

मेरोन्यूज २०७९ जेठ २९ गते ६:१५

काठमाडौं । आज मिति २९ जेठ २०७९ आइतबार । जुन महिनाको १२ तारिख २०२२ । ज्येष्ठशुक्लपक्ष त्रयोदशी तिथि, कौलब करण, विखाशा नक्षत्र, शिव योग, चन्द्रमा तुला राशिमा छ । आइतबार बिहान सूर्योदयको नमस्कार गर्नु साताका लागि उत्तम हुनेछ ।
आज बिहान सूर्योदय ०५ः०८ मा भएको छ भने सूर्यास्त ७ः०० बजे हुनेछ । आजका देवता मित्र र ग्रहदेव बुध हुन् । भनिन्छ, आइतबार विहान गरिने शुभकार्यले हप्तादिन संकेत गर्दछ ।
अब लागौं आजको राशिफल
मेष
मेष राशिका जातकका लागि धन लाभ हुनसक्छ । व्यापारब्यवसायबाट पनि लाभ हुनेछ । दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दासमेत सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला । आजको दिन नयाँ काम नगर्नुहोला ।

वृष
विगतमा गरेको कामबाट धन लाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।

मिथुन
मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेक कुराका सकारात्मक सोच राखेका काम गर्नु पर्नेछ ।

कर्कट
मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनेछ । परिवारका सदस्यसँग पनि विवाद हुने कुरा नगर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।

सिंह
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या
आजको दिन मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । मित्रमण्डलीसँग विवाद हुनसक्छ । आजको दिन सोच विचार गरेर काम गर्नुहोला । देवालय र शिवालयको यात्राले मनमा शान्ति हुनेछ ।

तुला
आजको दिन सुुरु गरेको काम सफल हुनेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धिप्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ । अर्थलाभ समेत हुनेछ । कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ । चन्द्रमाको साथ रहेको छ । विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला ।

वृश्चिक
स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा फाइदा हुनेछ छैन । नियमित कामबाहेक अन्य काममा समय खर्च नगर्नुहोला ।

धनु
बिहान सूर्यको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्री जातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । चन्द्रमाको साथ रहेकाले सोचअनुसारको काम हुनेछ । आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ ।

मकर
सामाजिक मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले तपाइँमा समाजिक सेवाभाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा परिवार र समाजमा आदरभाव बढ्ने छ । मकर राशि भएका ब्यबसायीहरुले घरका श्रेष्ठ आभिभावकलाई नयाँ बस्त्र दिनुहोला ।

कुम्भ
मन आज निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ ।

मीन
स्वास्थ्यको ख्याल राख्नुहोला । मनमा भय भए पनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला । परिवारका श्रेष्ठ सदस्यलाई मिष्ठान भोजन खान दिनुहोला । देवालय यात्रा गर्नुहोला ।

प्रतिक्रिया