शुक्रबार, जेठ ४, २०८१

सीतापाइलामा घरको छतबाट खसेर युवकको मृत्यु

मेरोन्यूज २०७९ जेठ २८ गते २०:०८

काठमाडौँ । काठमाडौँको सीतापाइलामा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ ।

Advertisement

नागार्जुन नगरपालिका ४ सीतापाइला घर भएका ३७ वर्षीय जीतेन्द्र श्रेष्ठको आफ्नै घरको पाँचौँ तलाबाट खसेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पानी भर्ने क्रममा चिप्लेर घरको छतबाट खसेका श्रेष्ठको उपचारका क्रममा शुभेच्छा अस्पताल सीतापाइलामा मृत्यु भएको जानकारी दिए ।

घरबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया