शुक्रबार, जेठ ४, २०८१

८ घण्टापछि विद्युत प्रशारण लाइनमा हिँड्ने युवकको उद्धार

मेरोन्यूज २०७९ जेठ २८ गते १९:५५

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत प्रशारण लाइनमा पुगेका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

Advertisement

शनिबार साँझ तालिम प्राप्त सैनिकहरू टावरमा चढेपछि बिहानदेखि तारमा हिँड्ने, झुण्डिने गर्दै आएका युुवक माइला बिक आफै ओर्लिएका हुन् ।

ककनी गाउँपालिकामा अध्यक्ष सुमन तामाङका अनुसार ककनी वडा नम्बर ७ घाँडेफेदीबाट तल झारिएको हो । ‘भर्खरै मोटरमा हालेर लगिएको छ,’ उनले भने ।

उनी विद्युतको प्रशारण लाइनमा चढेपछि त्रिशुली मातातीर्थ प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरिएको थियो । बेल्कोटगढी नगरपालिका १३ घलेगाउँका विक बिक प्रशारण लाइनमा पुगेपछि उर्जा मन्त्री पम्फा भुसालले उद्धार गर्न निर्देशन दिएकी थिइन् । करिब ८ घण्टापछि उनको उद्धार भएको हो ।

प्रतिक्रिया