शुक्रबार, जेठ ४, २०८१

जिसस भोजपुरमा गठबन्धनको प्यानल विजयी

मेरोन्यूज २०७९ जेठ २८ गते १९:३९

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस)मा गठबन्धनको प्यालन नै विजयी भएको छ । आज सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली कांग्रेसका कमल थुलुङ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अनिशा खड्का विजयी बनेका छन् ।

Advertisement

दलित वा अल्पसंख्यक सदस्य र महिला सदस्यमा माओवादी केन्द्रबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्य बनेका छन् ।

त्यस्तै, कांग्रेसबाट विनोद मगर र दीर्घकुमारी राई सदस्य बनेका छन् । रुख चिह्नबाट निर्वाचन लडेकी नेकपा एकीकृत समाजवादीबाट राधिका तामाङले सदस्यमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया