शुक्रबार, जेठ ४, २०८१

विद्युतको तारमा हिँड्ने पुरुषको उद्धार गर्न उर्जा मन्त्रीको निर्देशन

मेरोन्यूज २०७९ जेठ २८ गते १७:३६

काठमाडौँ । राजधानी काठमाडौँसँग जोडिएको माथिल्लो त्रिशुली थ्री ए जलविद्युतको प्रशारण लाइन (तार)मा चढ्ने पुरुषलाई उद्धार गर्न उर्जा मन्त्री पम्फा भुसालले निर्देशन दिएकी छन् । मन्त्री भुसालले हेलिकप्टोरबाट उद्धार गर्न निर्देशन दिएकी हुन् ।

Advertisement

नुवाकोटको ककनीमा एक पुरुष करिब ७ घण्टादेखि बिजुली प्रशारण लाइन चढेका छन् । प्रशारण लाइनमा पुरुष चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा पुरुष चढेपछि प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । बेल्कोटगढी नगरपालिका १३ घलेगाउँका माइला विक प्रशारण लाइनको तार हिँडिरहेका छन् ।

उनी तारमा बसेकाले विद्युत प्रवाह गर्न नसकिएको प्राधिकरणले जनाएको हो । प्रहरी र स्थानीयबासीले उनलाई सकुशल उद्धार गर्ने प्रयात्न गरिरहेको छ ।

प्रतिक्रिया