मामाको हत्या आरोपमा भाञ्जा पक्राउ
मेरोन्यूज
२०७९ जेठ २८ गते १७:२८
काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ११ हिरापुरका ३१ वर्षीय रवि विक रहेका छन् ।
शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक अशोक लालबन्दी १७ रानीगञ्जका बासिन्दा हुन् ।
प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुवै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए ।
गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रविलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया