शुक्रबार, जेठ ४, २०८१

भक्तपुर जिसस प्रमुखमा गोलाप्रथा हुँदा एमाले विजयी, उपप्रमुखमा कांग्रेस

मेरोन्यूज २०७९ जेठ २८ गते १६:५९

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन् । गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छन् ।

Advertisement

जिससका लागि यहाँ आठ जना मतदाता थिए । चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुखमा सत्ता गठनबन्धनको तीन, एमालेको तीन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को दुई मत थियो ।

यो हिसाबले नेमकिपा निर्णायक भएको थियो । त्यसैले उसलाई मनाउन दुवै पक्षका दलले भरपुर प्रयास गरेक थिए । दुवै पक्षले नेमकिपालाई प्रमुख पद दिएका थिए । तर, उक्त पार्टीले एमसीसी पास गर्ने दलहरूसँग कुनै हालतमा गठबन्धन नगर्ने अडान राखेपछि मतदान भएको थियो ।

मतदानमा सत्ता गठबन्धन र एमाले दुवैले तीन–तीन मत प्राप्त गरेको थिए । मत बराबर भएपछि गोलाप्रथा गरिएको हो ।

प्रतिक्रिया