शुक्रबार, जेठ ४, २०८१

लागू औषधसहित दुई जना पक्राउ

मेरोन्यूज २०७९ जेठ २८ गते १५:४४

काठमाडौँ । बेलडाँडी गाउँपालिका ३ स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन)सहित दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका ६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका २ महोलियाका २५ वर्षीय सुवास चौधरी पक्राउमा परेका हुन् ।

उनका अनुसार पक्राउ पर्नेका साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हिरोइन खल्तीमा लुकाई छिपाइ राखेको अवस्थामा बरामद गरिएको हो ।

पक्राउ परेकाले लागू औषध ओसारपसार गर्नका लागि प्रयोग गरेको लु ८४ प ८१०८ नंको मोटरसाइकलसमेत प्रहरीले बरामद गर्नाका साथै उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया