शुक्रबार, चैत १६, २०८०

युवा उद्यमी शाह अष्ट्रेलियका लागि पर्यटन दूत नियुक्त

मेरोन्यूज २०७९ जेठ २७ गते २१:४२

काठमाडौँ । अष्ट्रेलियका लागि पर्यटन दूतका रुपमा युवा उद्यमी स्वतन्त्र प्रताप शाह नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रिस्तरीय बैठकले उनलाई पर्यटन दूतमा नियुक्त गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार शाहलाई पर्यटन दूतमा नियुक्त भएको नियुक्ति पत्र प्रदान गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलले उनलाई नियुक्त पत्र प्रदान गरेका थिए ।

शिक्षण र होटल व्यवसायमा आबद्ध हुँदै आएका शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका अध्यक्षसमेत हुन । यसैगरी, उनले गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका लागि उपाध्यक्ष भएर कामसमेत गरिसकेका छन् । उनी दुई वर्षका लागि नेपालको पर्यटन प्रवर्द्धनको भूमिकामा पुगेका हुन्

प्रतिक्रिया