आइतबार, जेठ ६, २०८१

मेलान १७ वर्षमा प्रवेश, स्थापना दिवसमा यस्ता छन् कार्यक्रम

मेरोन्यूज २०७९ जेठ २६ गते १०:३६
फाइल फोटो

काठमाडौं । स्वास्थ्य प्रयोगशालाकर्मीहरुको संगठन मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले बिहिबार आफनो १७ औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ ।

Advertisement

‘सम्पूर्ण स्वास्थ्य प्रयोगशालाकर्मीहरुको एउटै चाहना, गुणस्तरीय, जनपक्षीय ब्यवस्थित तथा ब्यवसायिक स्वास्थ्य प्रयोगशालाको स्थापना′ भन्ने मूल नाराका साथ यस वर्ष मेलानले आफनो स्थापना दिवस मनाउन लागेको महासचिव रेशम अधिकारीले जानकारी दिए ।


मेलानले केन्द्रीयस्तरमा स्थापना दिवसको अवसर पारेर काठमाडौंको बुढानिलकण्ठको पवित्र समाज सेवामा निशुल्क स्वास्थ्य शिविर र ललितपुरको सुप्रण प्याथोलोजी क्लिनिक परिसर पाटन सुन्धरामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ ।

बिहिबार यी कार्यक्रम हुने महासचिव अधिकारीले जनाए ।


त्यस्तै प्रदेशस्तरमा पनि प्रदेश कमिटिहरुले आ आफनो अनुकुलतामा मेलान स्थापना दिवसको कार्यक्रम आयोजना गरिएका छन् । बागमती प्रदेश कार्यसमितिले ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभु लाछीमा पनि रक्तदानकै कार्यक्रम राखिएको छ ।

यो सस्था १६ वर्ष अगाडी स्थापना भएको थियो । अहिले यसको सन्जाल देशैभरका ल्याव प्रयोगशाला कर्मीहरुका वीचमा विस्तार भएको छ ।

प्रतिक्रिया