आइतबार, जेठ ६, २०८१

नर्भिकमा पुनः युरोलोजीको टिमद्वारा निःशुल्क ओपिडी चलाउने

मेरोन्यूज २०७९ जेठ २५ गते २१:३९

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (जेठ २८ गते) विशेषज्ञसहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा दिने भएको छ ।

Advertisement

नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो ।

नर्भिकले विगत लामो समयदेखि युरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान सञ्चालन गरिरहेको छ । पछिल्लो समय मुत्रनली तथा मुत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रीत गरिरहेको हो ।

युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्ने छ । यो टिमले बिहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो टिमले गर्ने छ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफरसमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।
यसैगरी ९ बजेदेखि १०ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ ।

मृगौला, मुत्रनली तथा मुत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीले यो ओपिडीबाट लाभ लिन सक्ने छन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नु पर्ने आवश्यकता भएका बिरामीलाई शल्यक्रिया शुल्कमा विशेष छुटसमेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मुत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ ।

यस्तै, दूरविनको माध्यमबाट घाउ बनाई प्रोस्टेट र मुत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा उपलब्ध छ ।

प्रतिक्रिया