शनिबार, वैशाख ८, २०८१

आइएमई पेमार्फत फुडमाण्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

मेरोन्यूज २०७९ जेठ २४ गते १७:०१

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित आइएमई पे र फुडमाण्डुबीच सम्झौता भएको छ । सम्झौताअनुरुप ‘३ को कमाल, क्यासब्याकले धमाल’ नामक अफर सार्वजनिक भएको छ ।

जसमार्फत प्रयोगकर्ताले आइएमई पे एपमार्फत फुडमाण्डु एपमा ३ अर्डरको भुक्तानी गरेपश्चात सोको योगफलबाट हुन आउनेको १५ प्रतिशत क्यासब्याक पाउने छन् । यो क्यासब्याकको सीमा पाँच सय रुपैयाँसम्म मात्र हुने छ ।

यस अफरको नियम स्वरुप केवल फुडमाण्डु एपबाट ३ अर्डर गरेपछि कूल रकममा १५ प्रतिशत क्यासब्याक पाइने आइएमई पेले जनाएको छ ।

प्रतिक्रिया