आइतबार, जेठ ६, २०८१

एमाले नेता आर्चायको व्यङग्य -एमालेलाई मत नहाल्ने मतदातालाई पनि कारवाही गरौं

मेरोन्यूज २०७९ जेठ २४ गते ६:५४

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम आचार्यलेले पार्टीले निर्णय गरिसकेपछि मत नहाल्ने मतदातालाई कारवाहीको सिफारिस अनुशासन आयोगले गर्नुपर्ने भन्दै व्यङग्य गरेका छन ।

Advertisement

घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारवाहीको सिफारिस गरेपछि स्थायी कमिटी सदस्य आचार्यले व्याङग्य गदै एमालेलाई मत नहाल्ने मतदातालाई पनि कारवाही गर्न भनेका हुन् ।
‘एउटा निवार्चनको अध्याय सकियो परिणाम सामुन्ने छ । अर्को निवार्चन आउन बाँकी छ।अब यो बीचमा कारवाही प्रकृया आरम्भ गर्नु पर्छ। हामीले गरेको निर्णय ठिक हो भनेर नबोल्नेलाई, या गलत हो भनेर बोल्नेलाई । सबै भन्दा महत्वपूर्ण कुरा हामीले निर्णय गरिसकेपछि मत नहाल्ने मतदाता लाई कारवाहीको सिफारिस अनुशासन आयोगले गरोस्,’ आर्चायले सामाजिक सञ्जालमा लेखेका छन् ।

वैशाख ३० मा भएको स्थानीय चुनावमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तहमा मात्रै जितेको थियो। धेरै ठाउँमा पार्टीका उम्मेदवार पराजित भएको भन्दै एमालेमा चुनावको परिणामबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेको छ।

प्रतिक्रिया