आइतबार, जेठ ६, २०८१

आरजु देउवा एक साताका लागि किन जाँदैछिन भारत

मेरोन्यूज २०७९ जेठ २४ गते ७:३५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवा एक साताका लागि भारत जाने भएकी छिन् । उनी (आज) मंगलबार भारत जाँदैछिन्। ‘अहिले भारत जानु राजनीतिक भेटघाट होइन, हेल्थ चेक अपको फलोअपका लागि मात्र हो,’आरजु निकट स्रोतले भन्यो ।

Advertisement

यसअघि गत पुसमा पनि उनी भाइ भूषण राणाको उपचारका लागि भन्दै भारत गएकी थिइन् । त्यो समयमा पनि
डा. आरजुले राजनीतिक भेटघाट गरेकी थिईन् । डा.आरजुले पछिल्लो समय राजनीतिक एवं कूटनीतिक भेटवार्तालाई तीव्रता दिदैं आइरहेकी छिन् ।भने
लोसपालाई सरकारमा सहभागी गराउने चर्चा चलिरहेको समयमा डा. आरजु भारत जानुलाई राजनितिक रुपमा पनि हेरिएको छ ।

प्रतिक्रिया