आइतबार, जेठ ६, २०८१

सवारी दुर्घटनामा परेर एकीकृत समाजवादीका नेता चौधरीको निधन

मेरोन्यूज २०७९ जेठ २४ गते ६:५१

सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा नेकपा (एकीकृत समाजवादी) का नेता रामनारायण चौधरीको निधन भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १० प ४६११ नम्बरको स्कुटरलाई ना।६ ख ६३९९ नम्बरको ट्रकले सोमबार साँझ ठक्कर दिएको थियो।ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
सुरुङ्गा नगरपालिका बस्ने ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुङ्गा नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए।
उनी पार्टीको जिल्ला कमिटी सदस्यसमेत थिए।

Advertisement

प्रतिक्रिया