शुक्रबार, जेठ ४, २०८१

सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता

मेरोन्यूज २०७९ जेठ २३ गते २१:१५

कठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ग्राहक वर्गको हितलाई ध्यान दिँदै ‘सेञ्चुरी डबल धमाका मद्धती’ खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने छन् ।

Advertisement

सेञ्चुरी डबल धमाका मुद्धती खाता न्युनतम १० हजारमा नै खोल्न सकिने छ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋण पनि लिन सकिने छ । यो खाता बैंकका सम्र्पूण शाखाबाट खोल्न सकिने छ ।

आधुनिक बैंकिङ प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा दिँदै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया