शुक्रबार, जेठ ४, २०८१

लक्ष्मी बैंकले आफ्नो ग्रीन बचत खाता पुनः सुरु गर्दै

मेरोन्यूज २०७९ जेठ २३ गते १७:४९

काठमाडौँ । ५० औँ विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ । हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा र डिजिटल बैंकिङ जस्ता सेवाको सम्मिश्रनले सो खाता पूर्ण रूपमा कागजविहीन रहेको छ ।

Advertisement

साथै यस खातामा ग्राहकले ८.०३% को उच्चतम ब्याजदरसहित ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क प्राप्त गर्न सक्ने छन् । बैंकले ‘एक खाता, एक रुख’को प्रतिबद्धता अनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी सेभिङ खातावापत बैंकले एउटा रुख रोप्ने छ ।

यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रीन’को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ । यसै प्रतिबद्धताअन्तर्गत बैंकले कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिपमा पनि सामेल भएको छ ।

प्रतिक्रिया