शुक्रबार, जेठ ४, २०८१

साताको पहिलो दिन नेप्से दोहोरो अंकले गिरावट

मेरोन्यूज २०७९ जेठ २३ गते १६:२४

काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । आज १२.९२ अंकले नेप्से परिसूचक घटेको हो । योसँगै बजार २०६५.७८ बिन्दुमा पुगेर रोकिएको छ ।

Advertisement

सोमबार सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताको सेयर घटेको हो । सोमबार कूल २२८ कम्पनीको २५ हजार ९०८ वटा कारोबारबाट ४४ लाख ९ हजार ६९१ कित्ता सेयर किनबेच भएको छ ।

यसबाट कूल एक अर्ब २७ हजार ३३ लाख ८५ हजार २७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया