आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्री देउवाले बोलाए ‘क्याबिनेट’ बैठक, फिर्ता बोलाइएका मन्त्री जाँदै

मेरोन्यूज २०७९ जेठ २३ गते १५:५५

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद (क्याबिनेट)को बैठक आह्वान गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

Advertisement

बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीबाट हटाइएका चार जनालाई समेत बोलाइएको छ । नेकपा एसले आफ्ना मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्ण कुमार श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो ।

तर, आज सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री मण्डल परिवर्तन नगर्ने निर्णय गरेका थिए । लगत्तै मन्त्रिपरिषदको बैठक बस्ने भएको हो ।

प्रतिक्रिया