आइतबार, जेठ ६, २०८१

काठमाडौंको फोहोर व्यवस्थापनका लागि इञ्जिनियर भट्ट भन्छन् -राजनीति र दल भन्दा माथि उठेर काम गर्नुपर्छ

मेरोन्यूज २०७९ जेठ २३ गते १०:४६

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता इञ्जिनियर भुवन भट्टले काठमाडौं फोहोर व्यवस्थापनका लागि सरोकारवाला निकाय संवेदनशील बन्नुपर्ने समय आएको बताएका छन् ।
इञ्जिनियर भट्टले लामो समयदेखि फोहोर नउठ्दा काठमाडौंमा महामारी फैलिनसक्नेतर्फ सचेत गराएका हुन् । उनले फोहोर दीगो व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
फोहोर व्यवस्थापनको विषयलाई राजनीति र दल भन्दा माथि उठेर काम गर्नुपर्ने उनको भनाई छ ।
‘तत्काल फोहोरको आपतकालीन व्यवस्थापनमा लाग्नुपर्छ। सबैले हातेमालौ गरौ, पर्यावरण र जनताको स्वास्थ्यको सुरक्षा नै मुख्य कुरा हो,’ उनले भने, ‘फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला निकाय र जनताबीच प्रभावकारी समन्वय गरि समस्याको सामाधान निकाल्न अपरिहार्य छ ।’

Advertisement

उनले फाहोरको व्यवस्थापनका लागि महानगरपालिकाले प्रदेश र संघीय सरकारसँग समन्वय गरि अन्तरास्ट्रिय टेक्नोलोजी प्रयोगमा ल्याउनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया