शुक्रबार, जेठ ४, २०८१

ओपो ह्याक २०२२ मा विश्वका ‘टेक’ प्रतिभाहरुलाई निम्तो

मेरोन्यूज २०७९ जेठ २३ गते १२:१८

ओपो ह्याक २०२२ मा विश्वका ‘टेक’ प्रतिभालाई आमन्त्रण गरिएको छ।ओपो ह्याकले मानिस र प्रविधिबीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य लिएको कम्पनीले बताएको छ।
विभिन्न क्षेत्र तथा विज्ञ सहभागीबीच निर्वाध क्रस–डिभाइस कनेक्शन बढ्ने विश्वास कम्पनीको छ। ओपो ह्याक २०२२ ‘इन्पिरेसन अहेड’ सँग जोडिएको छ। यसले प्रविधिप्रेमीहरुलाई आफ्नो प्रतिभा परीक्षण गर्ने अवसर प्रदान गर्ने कम्पनीले बताएको छ।
ओपोले ओपो रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ। यसले तथा विश्वका स्टार्टअपहरुलाई सकारात्मक प्रभाव पार्ने बताइएको छ। ओपो ह्याक २०२२ मा सहभागीहरुले कलर ओएस १२ का नयाँ अपडेट, ओपोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन्।
ओपो ह्याकमा १२ विश्वविद्यालय, २० इन्क्युबेटर र विश्वभरका ५०० भन्दा बढी व्यक्तिहरु जोडिने छन्। यसबाट भविष्यमा आइपर्ने अन्तरसम्बन्धित समस्याहरु समाधानका लागि सहज हुने विश्वास छ।
जुनदेखि अगस्टसम्म प्राविधिक ग्यारेजहरुको श्रृङ्खलाहरु हुनेछन्। इच्छा लाग्ने व्यक्ति यो कार्यक्रममा सहजै सामले हुन सक्ने ओपोले बताएको छ। यो कार्यक्रममा इन-क्लास अवधारणाहरु र सीपहरु प्रदान गरिने बताइएको छ।
फाइनल राउन्डमा प्रवेश गर्ने टोलीहरुले पहिलो विकासका स्रोतहरु र उपकरणहरु प्राप्त गर्नेछन्। प्राविधिक विशेषज्ञहरु र अग्रणी कम्पनीका विज्ञ व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने अवसर भएकाले निकै आकर्षक हुने दावी कम्पनीको छ।
यसमा ४० हजार डलर बराबर कुल नगद पुरस्कारको व्यवस्था गरिएको छ।

Advertisement

ओपो ह्याकले हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ। यो ह्काथनको प्रारम्भिक राउण्ड दुई सह-होस्ट सहरहरुमा अफलाइन हुनेछ। कम्पनीले अनलाइन सहभागितालाई पनि प्राथमिकता दिने उल्लेख गरिएको छ। यसमा दर्ता भएपछि सह(होस्ट ह्काथनहरुमध्ये एक छनोट गर्नुपर्नेछ।

फाइनल राउण्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरुमा प्रत्यक्ष प्रसारण हुनेछ। आधिकारिक दर्ता मे २३ २०२२ देखि खुलि सकेको छ। oppohack.com मा आवेदन दिन सकिन्छ

प्रतिक्रिया