आइतबार, जेठ ६, २०८१

एक महिनाभित्र इम्बोस्ड नम्बर राख्नु भन्नु नागरिकमाथिको अत्याचार हो : गगन थापा

मेरोन्यूज २०७९ जेठ २३ गते ११:४६

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सुरूमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए ।

Advertisement

इम्बोस्ड नम्बरको काम गर्ने कम्पनी असफल भइसकेको र निकै महँगोसमेत रहेको भन्दै यसबारेमा गम्भीर हुन सरकारलाई उनले आग्रह गरे । उनले सस्तो, सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए ।

प्रतिक्रिया