आइतबार, जेठ ६, २०८१

बालेनले सार्वजनिक गरे होटल, रेस्टुरेण्ट र बैंकमा प्रयोग हुने सार्वजनिक शौचालयको लोगो

मेरोन्यूज २०७९ जेठ २३ गते ११:३८

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोग गर्न दिने होटल, रेष्‍टुरेण्ट तथा बैंकका लागि लोगो सार्वजनिक गरेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन )ले सर्वसाधरणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै लोगो सार्वजनिक गरेका हुन् ।

Advertisement

उनले ‘काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दछु ।’
गत जेष्ठ १६ मा बालेनको अध्यक्षतामा बसेको वडाध्यक्षसहितको पहिलो बैठकले होटल र रेष्टुरेण्ट शौचालयहरुलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो।

प्रतिक्रिया