शुक्रबार, वैशाख १४, २०८१

शहरमा बस्नेहरु हाइकिङ जान जरुरी छ-रामदेवी महर्जन

मेरोन्यूज २०७९ जेठ २३ गते ११:१५

ललितपुरकी रामदेवी महर्जनलाई कतिपयले ‘हाइकिङदेवी’ भनेर बोलाउँछन् । उनले लामो समयदेखि हाइकिङलाई आफ्नो जीवनशैली नै बनाइसकेकी छन् । ललितपुरको सातदोबाटोस्थित प्रकृति प्रेमी समूहमा आबद्ध रामदेवी हाइकिङबारे विभिन्न पत्रपत्रिका र अनलाइनमा निरन्तर लेखहरु लेख्दै आएकी छन् । हालै मात्र उनको ‘हाइकिङ काठमाडौँ’ पुस्तकको दोस्रो संस्करण बजारमा आएको छ । हिमालयन म्याप शाउस प्रा.लि.ले बजारमा ल्याएको यस पुस्तकभित्र काठमाडौँ उपत्यकाभित्र ६४ वटा रुटहरूका बारेमा जानकारी समेटिएको छ । यस्तै, १० वटा होमस्टेको पनि जानकारी समावेश छ । हाइकिङ संस्कृतिको विकास, प्रवर्द्धन र स्वस्थ जीवन शैलीका लागि पैरवी गर्दै आएकी रामदेवीसँग मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

१ ‘हाइकिङ काठमाडौँ’ पुस्तकको सोच कसरी आयो ? कसरी पुस्तक तयार भयो ?

हाइकिङमा हिँड्न थालेको लामै समय भयो । १४ वर्ष पुगिसकेछ । बेलाबेला पत्रपत्रिका र अनलाइनमा लेखहरू लेखिरहन्थेँ । धेरैले मलाई किताब लेख्न सल्लाह दिनुभयो । शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्नका लागि हिँड्न जरुरी छ । मानिसहरु हाइकिङमा जान्छन्, घुमिरहेका हुन्छन् ।

तर, स्वास्थ्य लाभका लागि गरिने हाइकिङमा भने जानी नजानी मनपरी खाएर हिँडेको पाइन्छ । जंक फुड्, फास्ट फुडर, चिल्लो, पिरो, अमिलो खाने कुरादेखि लिएर, मादक पदार्थसमेत पिएर हिँडेको देखिन्छ । अझ पानी नै नपिई हिँडेको देखिन्छ । यसरी मन परी खाएर हिँड्दा स्वास्थ्यलाई जति लाभ हुनु पर्ने हो, त्यति हुँदैन । सही तरिकाले हाइकिङ हिँड्दा स्वास्थ्य लाभ त हुन्छ नै हिँड्दा आफूसँगै हिँडेका र हामी जहाँ पुगेका छौँ त्यस ठाउँलाई पनि लाभ हुने क्रियाकलाप हुनु पर्छ ।
‘हाइकिङ काठमाडौँ’ पुस्तकमा कसरी हिँड्ने, कसरी खाने, कसरी पिउने भन्ने सबै पक्षहरु समेटिएका छन् । उचित आहार, विहारलगायत दिनमा कति हिँड्नेबारे जानकारी समावेश गरिएको छ । समग्रमा यो एउटा पूरा प्याकेज हो ।

२ तपाईको पहिलो पुस्तक ‘हाइकिङ काठमाडौँ’ को दोस्रो संस्करण बजारमा आइसकेको छ । कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

अहिले राम्रो प्रतिक्रिया पाइरहेको छु । पहिलो संस्करण सकिएर दोस्रो संस्करणसम्म आइपुग्दा बढी नै प्रतिक्रिया पाइरहेकी छु । धेरैले फेसबुक, फोनमार्फत किताब कहाँ पाउँछ भनेर सोधिरहनु भएको छ । पाठकहरूको अपार मायाले गर्दा मलाई बेग्लै खालको उत्साह र हौसला मिलिरहेको छ ।

अहिले ‘हाइकिङ काठमाडौँ’ मा उपत्यकाभित्रका ६४ वटा हाइकिङ रुटबारे समेटिएको छ । अब छिटै नै १ सय वटा हाइकिङ रुटबारे समेटेर पुस्तक लेख्ने तयारीमा छु । हाइकिङ मात्र होइन साइक्लिङ, बाइकिङ र बसबाट जान मिल्ने रुटहरुका बारेमा पनि किताब लेख्ने तयारीमा छु ।

मानिसहरुका लागि हाइकिङ किन जरुरी छ ?

हाइकिङ अर्थात अंग्रेजीमा ‘हाइ’ को अर्थ ‘उचाई’ हो भने ‘किङ’ को अर्थ ‘राजा’ हुन्छ । तसर्थ हाइकिङको अर्थ ‘उचाईको राजा’ अर्थात सफा वातावरण भएको स्थानमा पुगेर स्वास्थ्य लाभ गर्नु हो । नेपालीमा पदयात्रा भनेको पैदल हिंडेर स्वास्थ्य लाभ गर्नु हो ।

तसर्थ हाइकिङका धेरै फाइदाहरु छन् । देशको भूगोल बुझ्न, जनजीवन बुझ्न हिंड्नै पर्छ । कुन ठाउमा के कुराको अभाब छ, कसरी त्यहा“ विकास गर्न सकिन्छ भन्ने कुरा बुझ्न पनि हिंड्नै पर्छ । यसबाहेक शरीर स्वस्थ राख्न, मांसपेशी बलियो बनाउ“न, फोक्सोलाई स्वस्थ हावा प्रदान गर्न हाइकिङ जरुरी छ ।
यस बाहेक हाइकिङले हिंड्ने बानी बसाउँछ, शरीर बलियो बनाउँछ, तनाबबाट मुक्त गराई शरीर र मनमा उर्जा बढाउँछ । प्रकृतिसँग नजिक्याउँछ, विषयवस्तुबारे ज्ञान बढाउँछ, ग्रामीण जनजीवन बुझ्न सघाउँछ । आपसमा प्रेम, सद्भाव बढाउँछ, मनमा आत्मबल बढाउँछ र आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।

हामी जति जति प्रकृतिको नजिक जान्छौं, त्यती नै हामीलाई स्वास्थ्य लाभ हुन्छ । दिनमा ४५ मिनेटदेखी १ घण्टा हिंड्नुपर्छ भन्ने मान्यता छ । पसिना निकाल्न र शरीरका विकार फाल्नका लागि हिंडाईले फाईदा गर्छ । यि कुराहरुसँगै हाइकिङले फरक फरक पेशाका मानिसहरु भेटघाटको अवसर जुराउँछ । उनीहरुबाट नयाँ–नयाँ कुरा सिक्न सकिन्छ ।

शहरमा बस्नेहरुले हाइकिङ जान झन् जरुरी छ । आफू मात्र होईन आफ्ना वालवालिकाहरुलाई लगेर गए झन् राम्रो हुन्छ । शहरमा त बिहान उठ्ने बित्तिकै घर मात्र देखिन्छ । अरु दृश्यहरु देख्न सकिदैन । तर, यात्राले वालवालिकाहरु प्रत्यक्ष रुपमा धेरै कुरा सिकाउँछ । धान कसरी रोपिन्छ, हिमाल, पहाडका दृश्य, चराचुरुङ्गीहरु, गाईवस्तु लगायत थुप्रै कुराको ज्ञान मिल्छ ।

तपाईंले हाइकिङ रुटबारे पुस्तक लेख्नु भयो । आफै चाहीं कहाँ–कहाँ पुग्नुभयो ?

काठमाडौँ उपत्यकाभित्र लगभग सबैजसो स्थानमा पुगिसकेकि छु । जसमा मैले पुस्तकमा ६४ वटा गन्तब्यबारे पुस्तकमा समाबेश गरेकी छु । त्यसबाहेक उपत्यकाबाहिर रारा, गोसाइकुण्ड, घान्द्रुक, सगरमाथाको आधार शिविर र सुदूर पश्चिमका केही स्थान लगायत अन्य केही ठाउ घुमिसकेकी छु । अझ घुम्न बा“की छ । आफ्नो देशलाई बुझ्न बा“की छ । सबै ठाउमा घुम्ने छु ।

तपाई कस्ता खालका पुस्तक पढ्न रुचाउँनुहुन्छ ?

प्रायः प्राकृतिक चिकित्सा, स्वास्थ्यबारे पुस्तक पढ्न रुचाउँछु । डाक्टर उमेश श्रेष्ठको निरोग आनन्दको रहस्य, डा.प्रकाशराज रेग्मी, हरिप्रसाद आचार्य लगायतका लेखकहरुका पुस्तकले मलाई एकदमै छोए ।

तपाई आबद्ध प्रकृति प्रेमी समूह कस्तो संस्था हो ? यसले के गर्छ ?

ललितपुरको सातदोबाटोस्थित प्रकृति प्रेमी समूहले विभिन्न २४ वटा शीर्षकमा काम गर्दै आएको छ । आफ्नो स्वास्थ्य आफ्नै हातमा नारा बोकेको यस संस्थाले मानिसहरुलाई कसरी स्वस्थ र निरोगी रहने, आनन्दित रहने भन्नेबारे सल्लाह प्रदान गर्छ । २०५८ सालदेखी सञ्चालनमा आएको यस संस्थाबाट अहिलेसम्म हजारौं व्यक्तिहरु लाभान्वित भईसके । एक हजार ५ सय रुपैंया“ तिर्ने हो भने यस संस्थाको सदस्यता लिन सकिन्छ । सदस्यता लिईसकेपछि संस्थाले स्वास्थ्य सम्बन्धि विविध सरसल्लाह दिने गर्छ । एक दिने (५ घण्टा) अन्र्तक्रिया कार्यक्रममा पनि भाग लिन सकिन्छ ।

प्रकृति प्रेमी समूहले राजधानी उपत्यकाभित्र हरेक महिनाको दोस्रो र चौथो शनिबार हाइकिङको आयोजना गर्दै आएको छ । यस्तै वर्षमा २÷३ पटक उपत्यकाबाहिर टे«किङ लैजाने गर्छ । यसमा इच्छुक जो पनि सहभागी हुन सक्छन् । हरेक दिन स्वास्थ्य परामर्श दिईने गरिन्छ । तीन महिने योग प्रशिक्षण कार्यक्रमको आयोजना हुन्छ । यस्तै ६ महिने आधारभुत उचित आहार विहार र विचार विज्ञान प्रशिक्षण सञ्चालन भईरहेको छ । केही अघि मात्रै ‘दिशा बदले दशा सप्रिन्छ’ ७ दिने आवासीय शिविर (स्वस्थ रहने विधी) सञ्चालन भईरहेको छ ।

तपाईं यो संस्थामा कसरी जोडिन पुग्नु भयो ?

वच्चा बेलादेखि नै म मा टाउको दुख्ने समस्या थियो । ९-१० वर्षको उमेरदेखी चर्को बेस्सरी टाउको दुख्ने गथ्र्यो । सधैँ औषधि खाइरहनु पर्ने बाध्यता थियो । विभिन्न अस्पतालहरु चहारें । तर पनि निको भएन । घाम देख्नै नहुने । यसले गर्दा पढाईमा पनि असर पर्दै गयो । म निरास हुन थालें । दुखाईले सधैँ अनुहार अँध्यारो हुन्थ्यो । त्यसैबेला साथी सरिताले निरोगधाम जाने सल्लाह दिईन् ।

म प्रँकृतिक स्वाँस्थ्य परामर्श लिन सातदोबाटोस्थित प्रकृति प्रेमी समूह, निरोगधाममा २०६४ सालमा म पुगेको थिए“ । त्यो बेला डा.उमेश श्रेष्ठले एउटा फाराम भरेर खानपान मिलाउन सुझाब दिनु भयो । त्यत्रो औषधिले निको नभएको समस्या खानपान मिलाएर के निको होला भन्ने लाग्यो । सुरुका केही महिना मैले त्यो कुरालाई महत्व दिईन । समस्या झन् बल्झिदै गयो । फेरी म प्रकृति प्रेमी समूह, निरोगधाममा पुगें । र, त्यहाँको सल्लाह अनुसार खाना र पानी पिउने बिधी मिलाउँदै जाँदा टाउको दुखाई कम हुँदै गयो । कतै गएर निको नभएको टाउको दुख्ने समस्या, कुनै पनि औषधिले निको नभएको रोग, खाना र पानी मिलाउँदा हप्ता दिनमै कम हुँदै गयो । र, बिस्तारै निको भयो ।

प्रकृति प्रेमी समूह, निरोगधाम पुगेपछि थाहा पाए, कुनैपनि औषधिले रोग निको नहुने रहेछ । वास्तवमा हामीले खाएको आहार नमिलेरै शरीर र मन दुबैमा अधिकांश समस्या आउ“दो रहेछ । त्यसैगरी हामीले शरीर हल्लाएर गर्ने गतिबिधी (बिहार), नमिलेर पनि धेरै समस्या आउने रहेछ । र, सबैभन्दा ठूलो कुरा विचार नमिले रोगले गाँज्दो रहेछ ।

यी तीन चिज (आहार, विहार, विचार) मिलेमा उपचार त शरीर आफैले गर्ने रहेछ भन्ने कुरा थाहा पाए । मानिस निरोगी र आनन्दित हुने एउटै सुत्र उचित आहार, विहार, विचार हो भन्ने सत्य ज्ञान प्रकृति प्रेमी समूह, निरोगधामबाट थाहा पाएपछि आफू जस्तै समस्या भएकाहरुलाई यो सरल र सही कुरा समाजमा फैलाउने निर्णय गरें । अनि प्रकृति प्रेमी समूह, निरोगधाममै बसेर काम गर्न थालें । अनि सुरु भयो मेरो निरोग आनन्दमय हाइकिङ जीन्दगी ।

अहिले म मा आत्मबल थपिएको छ । जस्तोसुकै समस्यामा पनि आँट गरेर अगाडी बढ्न सक्छु । प्रकृति प्रेमी समूह, निरोगधामले मलाई नयाँ जीवन दिएपछि म अहिले यसै संस्थामा स्वयंसेवकका रुपमा कार्यरत छु ।

बाँकी जीवन पनि यसरी बिताउने हो ?

बच्चादेखि नै चर्को माइग्रेनको समस्याले धेरै अस्पताल धाउनु पर्‍यो । र, वच्चा बेलादेखी नै डाक्टर बनेर नसक्नेहरुलाई सेवा गर्न मन थियो । तर, टाउको दुखाईको समस्याले मैले एलोपेथी डाक्टर त पढ्न सकिन । तर, प्रकृति प्रेमी समूहमा आबद्ध भएपछि यहा“का सम्पूर्ण प्रशिक्षण लिएपछि र प्राकृतिक चिकित्सा गरेपछि आफ्नो डाक्टर आफै बन्ने ज्ञान पाएकी छु । आफ्नो स्वास्थ्यको हेरचाह आफैले गरी आफ्नो डँक्टर आफै बनेर जीवनभर स्वस्थ, निरोगी र आनन्दित रहन सकिन्छ र त्यसको साचो उचित आहार, विहार र विचार हो ।

उचित आहार, विहार र विचार आफ्नो ब्यबहारिक जीवनमा लागु गरेपछि हामी सबै स्वस्थ, निरोगी र आनिन्दत रहन सकिन्छ । यही सत्य ज्ञानलाई सबैतिर फैलाई सबैलाई निरोग आनिन्दत र स्वतन्त्र भएर जीवन जिउन सही बाटो देखाउन निरन्तर लाग्नेछु । बाँकी जीवन समाज कल्याणका लागि समर्पित गर्नेछु ।

प्रतिक्रिया