शुक्रबार, जेठ ४, २०८१

२१ अर्ब ९ करोड रुपैयाँ ट्रेजरी बिल बिक्री गर्दै सरकार

मेरोन्यूज २०७९ जेठ २२ गते १६:४२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गर्ने गरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।

Advertisement

ट्रेजरी बिक्रीका लागि सार्वजनिक सूचना गरेको बैंकले सार्वजनिक बोलकबोलका आधारमा बिलको बाँडफाँड गर्ने जनाएको छ । यद्यपि, १५ प्रतिशत बिल बिना प्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया