मंगलबार, जेठ ८, २०८१

यी हुन् नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्नेको सूची

बालुवाटारमा पुग्यो नयाँ मन्त्रीको नाम

रामकृष्ण अधिकारी २०७९ जेठ २२ गते १५:४६

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट मन्त्री फेर्ने भएको छ । सचिवालय बैठकबाट निर्णय गरेर नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री फेर्न लागेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत गराइसकेको छ ।

Advertisement

प्रधानमन्त्रीलाई नयाँ मन्त्रीहरूको नामसमेत नेकपा एकीकृत समाजवादीले पठाइसकेको छ । एकीकृत समाजवादीका एक नेताले मेरोन्यूजलाई दिएको जानकारी अनुसार अहिले राज्यमन्त्री रहेका भवानी खापुङबाहेक सबै मन्त्री फिर्ता हुने छन् ।

राज्यमन्त्री खापुङलाई भने स्वास्थ्य मन्त्रीका रुपमा बढुवा गरिने छ । अन्य मन्त्रीहरूमा पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँबर मन्त्री हुने छन् । यो नाम बालुवाटारमा पठाइसकिएको ती नेताले जानकारी दिए ।हिराचन्द्र केसीलाई भने राज्यमन्त्री बनाइने भएको छ ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया