बिहीबार, चैत १५, २०८०

सहीद तथा द्वन्द्वपीडितका परिवारका छोराछोरीहरूलाई छात्रवृत्तिसम्बन्धी सूचना

मेरोन्यूज २०७९ जेठ २२ गते १४:०२

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले सहीद तथा द्वन्द्वपीडितका परिवारका छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन गर्न प्रदान गर्ने भएको छ ।

आयोगले आइतबार आइतबार एक सुचना जारी गदै सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा भएका सहीदका छोराछोरी, सशस्त्र द्वन्द्वका समयमा मृत्यु भएका व्यक्तिका आश्रित छोराछोरी र द्वन्द्वकै कारण अपाङ्ग भई शारीरिक रूपले कुनै कामकाज गर्न नसक्ने अशक्त र हालसम्म पत्ता नलागेका (बेपत्ता) व्यक्तिका छोराछोरीलाई आर्थिक वर्ष २०७८र७९ मा छात्रवृत्ति दिने भएको हो ।

द्वन्द्वपीडित भएको सरकारले तोकेको निकायले प्रमाणित गरेको प्रमाण ,सहीद परिवारका लागि नेपाल सरकारले सहीद भनी घोषणा गरेको प्रमाणपत्र समेत हुनुपर्ने आयोगले जनाएको छ ।
यस्तो छ आयोगले जारी गरेको सुचना

Advertisement

प्रतिक्रिया