सोमबार, वैशाख ३१, २०८१

माओवादीले पार्टी सदस्यबाट एक महिनामा ८ करोड उठाउने

पार्टी कार्यालय ब्यवस्थित र विस्तार गर्न पार्टी सदस्यबाट जनही १०० रुपैयाँको दरले रकम उठाइने

मेरोन्यूज २०७९ जेठ २२ गते १३:०९

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी सदस्यबाट एक सय रुपैयाका दरले रकम उठाउने भएको छ । पार्टी कार्यालय ब्यवस्थित गर्न र विस्तार गर्न माओवादीले पार्टीका हरेक सदस्यसँग जनही एक सय रुपैयाका दरले रकम उठाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रसँग ८ लाख पार्टी सदस्य छन् । जनही एक सयका दरले रकम उठाँउदा पनि ८ करोड रुपैया उठ्छ ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको नेता हरिवोल गजुरेलले जानकारी दिए ।

यो रकम एक महिनाभित्र उठाउने निर्णय माओवादीले गरेको हो ।

प्रतिक्रिया