शुक्रबार, जेठ ४, २०८१

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ समापन

मेरोन्यूज २०७९ जेठ २२ गते १३:०३

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजीटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ सम्पन्न भएको छ। ब्राण्डवर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ काठमाडौंमा सम्पन्न भएको हो।
कन्क्लेभलाई नेपाल सरकारका सुचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गर्दै डिजीटल भूक्तानी सरकारको प्राथमिकतामा रहेको बताए । उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने बताए।
यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको विकास उत्साहजनक देखिएको बताए। बिशेषगरि कोरोना कालपछि नेपालले डिजीटल पेमेन्टमा फड्को मारेको बताए।
कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोषले कि–नोट स्पीच प्रस्तुत गरेका थिए। कार्यक्रममा उनले नेपालले पछिल्ला दिनमा डिजिटल भुक्तानीमा ठुलो फड्को मारेको बताए।
कन्क्लेभमा बिभिन्न ४ विभिन्न बिषयमा प्यानल डिस्कशन पनि गरिएको थियो। जसमा पहिलो शत्रको ‘बदलियो समय, बदलियो अर्थतन्त्र‘’ बिषयक प्यानल डिसकसना नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, सुचना सञ्चार तथा प्रविधि मन्त्रालयका सह सचिव उत्तर कुमार खत्री र अर्थ मन्त्रालयका सह सचिव महेश आचार्य वक्ताका रुपमा रहेका थिए ।
छलफलमा उनीहरुले डिजीटल अर्थतन्त्रको विकास गर्न पुर्वाधारको विकास गर्नुपर्ने बताए।
यस्तै दोस्रो शत्रमा ‘सधैका लागि प्रभाव ९क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट०’ विषयमा छलफल भएको थियो। छलफलमा, इम्प्याक्ट हबकी निर्देशक बहार कुमार, उटोपियाकी प्रबन्ध निर्देशक डोरी न्गुयान फुसेमेसिनकी निर्देशक रुची पाण्डे वक्ता थिए । उक्त शत्रमा डिजिटल इकोनोमीमा महिलाहरुलाई अवसर पुर्याउने विषयमा छलफल भएको थियो ।

Advertisement

यस्तै तेस्रो सत्रमा ‘नेपालः सानो बजार कि असिमित सम्भावना रु विषयमा छलफल भएको थियो । कार्यक्रममा सफल पार्टनर्सका फाउण्डर आसुतोष तिवारी, नेपाल इनफ्रास्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, अर्थशास्त्री श्रीबाबा पोखरेल, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुशी राना वक्ता थिए। कार्यक्रममा उनीहरुले अर्थतन्त्रको विकास गर्न नेपाली अर्थतन्त्रलाई उत्पादनशिल बनाउनुपर्ने बताए।

यसैगरी चौथो सत्रमा हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ रु’ विषयमा छलफल भएको थियो । जसमाआइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, डोल्मा इम्प्याक्ट फण्डका प्रबन्ध निर्देशक विद्यावारिदी सिग्देल, अवसर इक्वीटीका अध्यक्ष लोकेश टोडी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकी सिइओ उषा खतिवडा वक्ता थिए। नेपालमा युनिकोर्न खोजी गर्न निजी क्षेत्रबाट बिशेष प्रकृतिको पुँजी स्थापना हुनुपर्ने उनीहरुको भनाइ थियो ।

कन्क्लेभमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले डिजिटल नेपालले नेपालीको भविष्य पनि राम्रो बनाउने र अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताए । साथै, व्यवसाय गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

‘हामीले बिगत १८ बर्षदेखि डिजीटल ट्रान्सफरमेशन लगायतका व्यवसायमा काम गर्दै आएका छौं। यो बीचमा हामीले धेरै दुःख पायौं, उनले भने, ‘तर अब आउने नयाँ उद्यमीहरुले हामीले जस्तो दुःख पाउनुहुँदैन्। सहजरुपमा व्यवसाय गर्ने बातावरण बनाउनुपर्छ।’

प्रतिक्रिया