आइतबार, जेठ ६, २०८१

मधेस सरकारको नीति तथा कार्यक्रम आज

मेरोन्यूज २०७९ जेठ २२ गते ८:३०

जनकपुरधाम । मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार (आज) प्रदेशसभामा प्रस्तुत हुने भएको छ । अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Advertisement

शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको छ । नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशानिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना समावेश गरिएको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा बताउँछन् ।

प्रतिक्रिया