आइतबार, जेठ ६, २०८१

रुकुम पूर्वमा जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित

मेरोन्यूज २०७९ जेठ २१ गते २०:१३

काठमाडौँ । रुकुम पूर्वमा जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो । आज दाबी विरोध, उजुरी पनि शून्य भएपछि जिल्लामा समन्वय समिति निर्विरोध भएको हो ।

Advertisement

यस जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध भएका छन् । श्रेष्ठ नेकपा माओवादी केन्द्रबाट रहेका छन् । केसी नेकपा एकीकृत समाजवादीका हुन् । प्रमुखसहित अन्य सात सदस्य सबै माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यमा महिला सदस्यमा सिस्ने–७ बाट बिन्दु रावल, भूमे–३ बाट विष्णु रोका, पुथाउत्तरगङ्गा गाउँपालिका १० बाट प्रतिमा पुन, दलित तथा अल्पसंख्यकमा पुथाउत्तरगङ्गा ८ बाट कल्पनाकुमारी सुनार, अन्य सदस्यमा पुथा–३ बाट बलकर्म बुढा, भूमे–७ बाट महिमान रोका र सिस्ने–३ बाट लालजीत बुढा रहेका छन् । रुकुम पूर्वमा तीन पालिका छन् ।

प्रतिक्रिया