आइतबार, जेठ ६, २०८१

केपी ओलीको आलोचना गरेको भन्दै नेता भुसालसँग स्पष्टिकरण सोधिने

मेरोन्यूज २०७९ जेठ २१ गते १९:५९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेता घनश्याम भुसालसँग स्पष्टिकरण सोधिने भएको छ । नेकपा एमालेको अनुशासन आयोगले अध्यक्ष ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको भन्दै स्थायी कमिटी सदस्यसमेत रहेका भुसालसँग स्पष्टिकरण सोध्ने भएको हो ।

Advertisement

स्थानीय तह चुनाव सकिएसँगै नेता भुसालले एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका थिए । जसमा अध्यक्ष ओलीले पार्टी सञ्चालन गर्दा अपनाएको शैली र नीतिका बारेमा आलोचना गरेका थिए ।

अनुशासन आयोगका अध्यक्ष केशव बडालले हिमालय टिभीमा अन्तर्वार्ता दिने नेतालाई स्पष्टिकरण सोध्ने निर्णय भएको बताएका थिए । अनुशासन आयोगको बुधबार बसेको बैठकले भुसालसँग स्पष्टिकरण सोध्ने भएको हो ।

अन्तर्वार्तामा नेता भुसालले स्थानीय तहको चुनावमा अध्यक्ष ओलीको नीति र कार्यशैलीले कमजोर हुन पुगेको बताएका थिए । उनले अध्यक्ष ओलीलाई राजीनामा दिन सुझावसमेत दिएका थिए ।

प्रतिक्रिया