आइतबार, जेठ ६, २०८१

नेकपा एसको निष्कर्ष : स्थानीय तह निर्वाचनमा गठबन्धनका दल इमान्दार भएन

मेरोन्यूज २०७९ जेठ २१ गते १९:१४

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमान्दार नभएको निष्कर्ष निकालेको छ ।

Advertisement

शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमान्दार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ ।

नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत नदिएको निष्कर्ष पार्टीले निकालेको हो । स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई सँगसँगै नहटाइएको समीक्षा गरेको बैठकले तत्काल वामपन्थी एकताका बारेमा पनि छलफल गर्ने निर्णय गरेको छ ।

बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा गठबन्धन आबद्ध दलको सहयोग नभएको र यसले गठबन्धनलाई अगाडि बढाउन निर्मम समीक्षा गर्नु पर्ने देखिएको बताए ।

वामपन्थी एकताका बारेमा जनमत रहे पनि शीर्ष नेताहरू सहमत नहुँदा समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया