आइतबार, जेठ ६, २०८१

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७९ जेठ २१ गते १७:३३

काठमाडौँ । देशभर थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र संक्रमण देखिएको हो ।

Advertisement

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ११० रहेको छ । विगत २४ घण्टामा नौजना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । देशभर शून्य संक्रमित हुने ३७ जिल्ला पुगेका छन् ।

प्रतिक्रिया