आइतबार, जेठ ६, २०८१

देउवा - महन्थ भेटवार्ता

महन्थलाई देउवाले किन बोलाए बालुवाटार ?

सत्ता गठबन्धनभित्रै गठबन्धनमा इमान्दारिता नदेखिएको प्रश्न उठिरहेका बेला प्रधानमन्त्री र लोसपा अध्यक्ष ठाकुरको अर्थपूर्ण भेटवार्ता

मेरोन्यूज २०७९ जेठ २१ गते १७:१०
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

Advertisement

भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार दिउँसो भएको हो । देउवा भेटन ठाकुर पार्टीको केन्द्रीय कार्याकारिणी समितिको बैठक स्थगित गरेर बालुवाटार पुगेका थिए । ठाकुरलाई देउवा आफैले टेलिफोन गरी भेटका लागि बालुवाटार बोलाएका हुन् ।

सत्ता गठबन्धन दलहरुका वीचमा आगामी सं३ तथा प्रदेश चुनावमा गठबन्धन कायम रहने/नरहने ? गठबन्धन भएपनि सत्ता गठबन्धन दलमा अहिले रहेका पार्टीहरुका वीचमा सिट बाडफाँड मिलेर हुने/ नहुने भन्नेमा शंसय पैदा भईरहेको बेला ठाकुरलाई देउवा आफैले बोलाएर बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

कतिपयले देउवाले लोसपालाई पनि सरकारमा ल्याएर यही गठबन्धनमा राख्न चाहेको बताईरहेपनि देउवाले ठाकुरलाई आगामी संघ र प्रदेशको चुनावी तयारी र गठबन्धनको सम्भावनाका वारेमा छलफल गर्ने बालुवाटार बोलाइएको बताएका छन् ।

जसपा नेता केशव झाले पनि आगामी निर्वाचनको समिकरणका विषमया छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि ठाकुर बालुवाटार प्रधानमन्त्रीसँगको छलफलका लागि पुगेको बताए ।

देउवाले ठाकुरलाई भेटन बोलाएपछि विजुलीबजारस्थित पार्टी कार्यालयमा कार्यकारीणी समितिको बैठकमा रहेका ठाकुरले बैठक भोलि विहान वस्ने गरी स्थगित गरेर बालुवाटार पुगेका हुन् । गठबन्धनभित्र जसपा रहने या नरहने भन्ने संसय पनि प्रक्ट भईरहेका बेला लोसपाका अध्यक्षसँगको प्रधानमन्त्रीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवलाई एमाले अध्यक्ष केपी ओलीले भेट गरिसकेका थिए । जसपाकै संघीय परिषद् अध्यक्ष डा बाबुराम भटटराईले पनि गठबन्धनको विकल्पका बारेमा सार्वजनिक धारणा दिईरहेका छन् ।

कतिपय कोणवाट फेरि बाम गठबन्धन चुनावमा हुन सक्ने आंशका पनि गरिरहेका छन् । कथंकदाचित बाम गठबन्धन भए त्यसका लागि आफनो तयारी पनि गर्ने उदेश्यले प्रधानमन्त्रीले ठाकुरलाई महत्व दिएको वुझाई पनि राजनीतिक वृतमा छ ।

लेसपाका नेता केशव झाले भने, ‘आगामी अर्को निर्वाचनमा पनि आउँदैछ, प्रतिनिधिसभा र प्रदेशसभाको। त्यस विषयमा पनि पार्टीको कार्यकारिणी समिति बैठकमा छलफल भयो। तर, प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई मिटिङमा बोलाउनु भएकाले आज बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री देउवा र पार्टी अध्यक्षबीच आगामी चुनावमा गठबन्धन गर्ने विषयमा छलफल हुन्छ नै।’

लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (आइतबार) बिहान ११ बजे पनि बोलाइएको छ।

एमाले भने जसरी भएपनि गठबन्धन भत्काउने कोसिसमा छन् । आगामी कात्तिक मंसिरमा संघ प्रदेशको चुनाव गराउने गरी सरकारले आन्तरिक छलफल थालिरहेको छ ।

प्रतिक्रिया