आइतबार, जेठ ६, २०८१

प्रचण्डलाई भेटन् खुमलटार पुगे गृहमन्त्री खाँण

मेरोन्यूज २०७९ जेठ २१ गते १६:०१

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।

Advertisement

भेटमा समसामयिक राजनीति, संघीय संसदमा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो । भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको थियो ।

सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ । त्यसबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया