आइतबार, जेठ ६, २०८१

काठमाडौं महानगर प्रमुख बालेन र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

बालेनले यसअघि कस-कसलाई भेटे

मेरोन्यूज २०७९ जेठ २१ गते ९:५५

काठमाडौं । काठमाडौं महागरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका छन् । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा काठमाडौं महानगर प्रमुख साहले भेटवार्ता गरेका हुन् ।
भेटमा प्रचण्डले मेयर साहले सबैलाई मिलाएर सहकार्य गरिरहेकाले पाँच वर्षको कार्यकालमा साहलाई साथ र सहयोग गर्ने आश्वासन दिएका छन् ।

Advertisement

‘लोकतन्त्रका लागि तपाई र हर्क साडपाडहरु सुन्दर फुल हुन् । माओवादीकै जस्तो एजेण्डा तपाईहरुले बोकेको मैले पाएको छु । तपाईहरु जस्तो युवालाई जनताले विश्वास गरेर नेतृत्वमा पुर्याउनु भएको छ। राजनीतिमा युवाहरुको आर्कषण यसले बढाउँछ । तपाईलाई बधाई छ । हाम्रो पार्टीले के गर्नुपर्छ काठमाडौंको विकासका लागि तपाईलाई सहयोग गरेर काम गर्न तयार छ । अघि बढ्नुस् हाम्रो साथ सधै हुनेछ’ प्रचण्डलाई उदृत गदैं सचिवालयले भन्यो ।


निर्वाचन परिणामको अन्तिम परिणाम नआउँदै जित्ने निश्चत भएपछि साहले केपी ओलीसँग र निर्वाचन परिणाम पछि प्रधानमन्त्री शेरबहादुर देउवा र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेट गरेको थिए । त्यही क्रममा साह आज प्रचण्ड भेटन पुगेका हुन् । साह काठमाडौंको फोहर ब्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर हिडे छन् ।

बिहीबारको प्रधानमन्त्री देउवालाई भेटेर मेयर साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । भने प्रधानमन्त्री देउवाले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका थिए ।

बिहीबार नै मन्त्री झाँक्रीलाई भेटेर मेयर साहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह गरेका थिए । भने मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको बताएकी थिइन् ।


यसअघि नै नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेर फोहोर व्यवस्थापन गर्न आफूले बनाएका योजनाबारे समेत सुनाएका थिए ।

प्रतिक्रिया