आइतबार, जेठ ६, २०८१

थप १४ जनामा कोरोना संक्रमण हुँदा आठ निको

मेरोन्यूज २०७९ जेठ १९ गते १९:०५

काठमाडौँ । कोरोना भाइरसको संक्रमण १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ५९५ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा मात्र संक्रमण देखिएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०१ जना रहेका छन् । विगत २४ घण्टामा आठ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६७ हजार ११० पुगेको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य संक्रमित भएको ३६ जिल्ला पुगेका छन् । नेपालमा संक्रमण दर १७.२ प्रतिशत छ ।

प्रतिक्रिया